TSK

TSK · हितोपदेश 1:27

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअगि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरूजस्तै त्यसले तिनीहरूलाई भुमरीसँगै उठाइ लानेछ ।

दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।

दुष्‍टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो ।

हेर, परमप्रभुबाट आँधी-बेहरी आउँदैछ । उहाँको क्रोध बाहिर निस्केको छ, र तुफान वरिपरि चक्‍कर मार्दैछ । दुष्‍टहरूका शिरवरिपरि त्‍यसले चक्‍कर मार्दैछ ।

हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू! त्यस देशमाथि महासङ्कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ ।

परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि ।

तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।