TSK

TSK · हितोपदेश 16:7

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”

ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”

यहूदाको वरिपरि भएका सबै राज्‍यहरूमा परमप्रभुको भय पर्‍यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌ ।

तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।

परमप्रभुले भन्‍नुभयो, “के म भलाइको लागि तँलाई छुटानेछैनँ र? निश्‍चय नै सङ्कष्‍ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु ।

¶ तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए

त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?

हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।

उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।