TSK

TSK · हितोपदेश 20:11

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे ।

दुष्‍टहरू गर्भमा हुँदा पनि तिनीहरू पथभ्रष्‍ट हुन्छन् । जन्मेदेखि नै तिनीहरू झुट बोलेर पथभ्रष्‍ट हुन्छन् ।

बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।

परमप्रभुको दृष्‍टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् ।

तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए ।