उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्ता गर्छ । परमेश्वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्छ ।
TSK
TSK · हितोपदेश 21:20
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ ।
परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्ट थप्नुहुन्न ।
जसलाई परमेश्वरले धन-सम्पत्ति र जग्गा-जमिन, अनि त्यसको काममा त्यसको हिस्सा प्राप्त गर्ने र आनन्द मनाउने खुबी दिनुभएको छ, त्योचाहिँ परमेश्वरको वरदान हो ।
मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ ।
पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।
निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्न लागेका छन् ।’
जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले ।
अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।