TSK

TSK · हितोपदेश 21:7

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्‍टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला

परमेश्‍वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्‍टहरूको मुख हिंसाले ढाकिएको हुन्छ ।

गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,

तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।

जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ, त्यसरी नै मेरो सामुबाट म तिमीहरूलाई निकाल्नेछु ।”

हेर्, तैंले अन्‍यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु ।

अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।”