यसबाहेक, परमप्रभुले मलाई भन्नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।
TSK
TSK · रोमी 10:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
परमप्रभुले शमूएललाई भन्नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।
मैले बोलाएको छु, तर तिमीहरूले सुन्न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन ।
परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ ।
त्यसैले मैले बारम्बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।’
अर्को दृष्टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।
त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।