TSK

TSK · रोमी 16:13

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!

जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”

तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ, र तिमीहरूलाई नियुक्‍त गरेँ, ताकि तिमीहरू जाओ, र फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।

यस संसारको सृष्‍टिभन्दा पहिले नै हामी ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले चुन्‍नुभयो । उहाँको दृष्‍टिमा पवित्र र दोषरहित हुन सकौँ भनेर उहाँले हामीलाई चुन्‍नुभयो ।

वृद्ध स्‍त्रीहरूलाई आमालाई झैँ र जवान स्‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्‍झाऊ ।