दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, त्यो मानिस जसले यसो गर्यो त्यो मारिन योग्य छ ।
TSK
TSK · रोमी 2:1
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
¶ इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।
कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।
[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।”
तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्वरको इन्साफबाट उम्कनेछौ र?
यदि बेखतने व्यक्तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्यसको बेखतना खतना नै ठानिनेछैन र?
स्त्री हो, तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।