TSK

TSK · रोमी 2:18

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति छ?

परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्‍योति दिने ।

तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु । नुन

उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।

त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ ।

किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्‍त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।

म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।

त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।