यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्यो नाउँमा शपथ खान्छन् जो ईश्वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।
TSK
TSK · रोमी 2:22
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
उजाड-स्थानमा यात्रुहरू बस्नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्थ्यो, म आफ्ना मानिसहरूलाई त्याग्न त्यहाँ जान सक्थे । तिनीहरूलाई मैले छोड्न सके हुन्थ्यो, किनकि सबै व्यभिचारी, विश्वासघातीको जमात हुन्!
जब तिमीहरू बलिदानको निम्ति अन्धा पशुहरू चढाउँछौ, के त्यो खराब होइन र? जब तिमीहरू लङ्गडो र रोग लागेका पशु चढाउँछौ, के त्यो बेठिक होइन र? त्यो तिमीहरूका राज्यपाललाई चढाएर हेर! के तिनले तिमीहरूलाई स्वीकार गर्लान्, वा के तिनले तिमीहरूको शिर माथि उठाउलान्?” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
के कुनै मानिसले परमेश्वरलाई लुट्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ?’ दशांश र भेटीमा ।
एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो ।
किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्वरनिन्दा नै गरेका छन् ।