TSK

TSK · २ पत्रुस 2:1

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

¶ तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्‍न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने

अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् । ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस् ।”

परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ । तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए ।

तिनीहरूका सबै रक्षकहरू अन्‍धा छन्, तिनीहरूले बुझ्‍दैनन् । तिनीहरू सबै भुक्‍न नसक्‍ने शान्‍त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्‍केर सुत्‍न मन पराउँछन् ।

सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।

ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्‍छन् र यसो भन्‍छन्, 'बेबिलोनका राजाको सेवा नगर,' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन् ।

किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका बिचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, र तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान ।

तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?

परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार ।

यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।

तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”

“अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।

धेरै झुटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।

किनकि झुटा ख्रीष्‍ट र अगमवक्‍ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्‍चर्यकर्महरू गर्नेछन् ।

तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।

अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।

किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।

तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको दास नबन ।

किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् ।

हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”

मूर्तिपूजा, तन्‍त्रमन्‍त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,

हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।

तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।

तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन ।

हामीले सह्‍यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।

त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् ।

एक या दुई पटकको चेतावनी पश्‍चात तिमीहरूका बिचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर,

तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।

साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्दछौँ ।

¶ प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन् ।

उनीहरूले तिमीहरूलाई यसो भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउँछन् ।”

मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्‍ने ठाउँमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्‍वासलाई इन्कार गरेनौ ।

तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।