TSK

TSK · प्रेरित 7:23

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ ।”

इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्‍त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।

परमप्रभुको वचनअनुसार राजा र तिनका अधिकारीहरूले दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हात यहूदाका मानिसहरूमा पनि आयो ।

तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।

¶ राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।

तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो ।

मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे ।

किनभने परमेश्‍वरको वचन पुरा नहोउञ्‍जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्‍वरले यस्तो विचार हलिदिनुभयो ।