TSK

TSK · दानिएल 7:10

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।

हाम्रो परमेश्‍वर आउनुहुन्छ र चूपचाप रहनुहुन्‍न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्‍ड आँधी छ ।

आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस् ।

आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्‍म पार्छ ।

हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पुर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै छ ।

हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्‍की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।

तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।

अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्‍नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्‍जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्‍नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्‍वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् ।

जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।

आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ ।

त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।