परमप्रभु तिमीहरूका परमेश्वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्ट हुने छौ ।
TSK
TSK · दानिएल 9:11
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।
तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्यौ भने
परमप्रभुले यो देख्नुभयो र तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए । उहाँले भन्नुभयो,
तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्यसलाई सुन्न र पालन गर्न इन्कार गरे ।
धिक्कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।
हे पृथ्वी, सुन् । मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु, जुन तिनीहरूका विचारको नतिजा हो । तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे ।
मैले ध्यान दिएँ, र सुनें, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु?' भनेर सोध्ने कुनै व्यक्ति छैन । घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन् ।
त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।
तब तिमीहरूका दुष्ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्दा छैन ।
त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन् र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्छ ठान्छन्। तिनीहरूले पवित्र कुरा र तुच्छ कुराको बिचमा भिन्नता छुट्याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्छ भएको छु ।