तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ,
TSK
TSK · दानिएल 9:27
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्ट हुने छौ ।
तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्ने कुरामा निश्चित होओ । तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्न गर्ने कोही नहोस् ।
तिमीहरूका कुलका सबै धर्म-गुरुहरू र तिमीहरूका अधिकारीहरूलाई भेला गर ताकि तिनीहरूले सुन्ने गरी मैले यी वचनहरू तिनीहरूलाई बोल्न सकूँ र तिनीहरूको विरुद्धमा स्वर्ग र पृथ्वीलाई साक्षी राख्न सकूँ ।
तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्यो नै पासो बनोस् ।
निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्पूर्ण देशभरि ल्याउन लाग्नुभएको छ ।
यसकारण, अब गिल्ला नगर, नत्र तिमीहरूको बन्धन झन् कसिलो पारिनेछ । मैले सर्वशक्तिमान् परमप्रभु परमेश्वरबाट पृथ्वीको विनाशको उर्दी सुनेको छु ।
उसको जीवनको कष्टपछि उसले ज्योति देख्नेछ र आफ्नो ज्ञानद्वारा सन्तुष्ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्नेछ ।
यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।
तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।
त्यसपछि एक जना पवित्र जनले बोल्दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें, “यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्छ?”
दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्थापना गरिएको समयदेखि, त्यहाँ १,२९० दिन हुनेछन् ।
किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ ।
जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् ।
तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्नेछन् ।
जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ ।
म भन्छु, कि परमेश्वरको सत्यताको तर्फबाट ख्रीष्टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्का गर्न,
जसले प्रभु येशू र अगमवक्ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।
किनकि जब परमेश्वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्नुभयो, “हेर, परमप्रभु भन्नुहुन्छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्थापना गर्नेछु ।
त्यसरी नै, ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।
अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्वरले,