सारा बाँझी थिइन्; तिनको कुनै बालबच्चाहरू थिएनन् ।
TSK
TSK · उत्पत्ति 25:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।
परमेश्वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्नुभयो । उहाँले उनको गर्भ खोलिदिनुभयो ।
उनले भाकल गरिन् र भनिन्, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्छ, मलाई याद गर्नुहुन्छ र आफ्नो दासीलाई बिर्सनुहुन्न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन ।”
उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्ति आफ्ना परमेश्वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्नो भरोसा राखे ।
त्यसैले यस विषयमा हामीले उपवास बस्यौं, र परमेश्वरको खोजी गर्यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
तपाईंले प्रार्थना सुन्नुहुन्छ । सबै मानिसहरू तपाईंकहाँ आउनेछन् ।
हेर, छोराछोरी परमप्रभुबाट प्राप्त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
दुष्ट व्यक्तिको डरले त्यसलाई उछिन्ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।
तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्ट बोली हटायौ भने,
तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।
यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि–