TSK

TSK · यशैया 21:8

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

जब आफ्‍नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्‍यान गर्छु ।

तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।

ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।

जवान सिंहले झैं उहाँले आफ्नो ठाउँ छाड्नुभएको छ, किनकि अत्याचारीको रिस र उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ ।

हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?

सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।