TSK

TSK · यशैया 7:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

¶ त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए ।

तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”

जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए ।

किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्‍लाजस्‍तै— अर्को ठुलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।”

तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।

¶ परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु?

¶ कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।

त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन र? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ र?

यी मानिसहरूले षड्यान्त्र भनेको कुनै पनि कुरालाई षड्यान्त्र नभन्, तिनीहरू डराउने कुरासित तँ डराउने छैनस्, र त्रसित नहो ।

उहाँ एफ्राइमको ईर्ष्यालाई उल्टाउनुहुनेछ र यहूदाको शत्रुताहरू नाश पार्नुहुनेछ । एफ्राइमले यहूदाको इर्ष्या गर्नेछैन र यहूदा एफ्राइमको शत्रु हुनेछैन ।

थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्‍जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् ।

ए दाऊदका घराना हो, परमप्रभु भन्‍नुहुन्छ, 'बिहान न्याय कायम गर । अत्याचार गर्नेको हातबाट लुटिएको व्‍यक्‍तिलाई बचाओ, नत्रता मेरो क्रोध आगोझैं निस्केर जानेछ र जलाउनेछ, र तिमीहरूका दुष्‍ट कामहरूका कारणले यसलाई निभाउन सक्‍ने त्‍यहाँ कोही छैन ।

¶ एफ्राइमले हावा खान्‍छ र त्यसले पूर्वीय बतासको पछि लाग्‍छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् ।