TSK

TSK · अय्यूब 13:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?

'अय्यूब ज्ञानविनै बोल्छन् । तिनका शब्‍दहरूमा बुद्धिका कुरा छैनन् ।'

सुन्‍नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्‍कने आवाजलाई सुन्‍नुहोस् ।

परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।

किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ!

म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।