तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्नी हो ।”
TSK
TSK · यूहन्ना 4:18
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उत्पत्ति 20:3
TSK
उत्पत्ति 34:7
TSK
याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने । तिनीहरूलाई चोट पुगेको थियो । याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्जत गरेकाले तिनीहरू ज्यादै रिसाए । किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो ।
गन्ती 5:29
TSK
डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो ।
यर्मिया 3:20
TSK
तर आफ्नो पतिको लागि विश्वासहीन भएकी स्त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।
इजकिएल 16:35
TSK
यसकारण ए वेश्या, परमप्रभुको वचन सुन् ।
यूहन्ना 4:16
TSK
येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो लोग्नेलाई बोलाऊ, र यहाँ आऊ ।”
१ कोरिन्थी 7:10
TSK
अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः