परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्नू ।
TSK
TSK · यूहन्ना 6:14
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्ता ।”
येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो ।
स्त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म देख्छु ।
तिनीहरूले ती स्त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्छ ।”
वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्छ ।