TSK

TSK · मर्कूस 2:26

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

हारून र त्यसका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन् ।

¶ पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्‍लै हुनुहुन्‍छ र तपाईंसँग कोही पनि छैनन्?”

जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए ।

अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए र सरायाह शास्‍त्री थिए ।

त्यसैले सादोक र अबियाथारले परमेश्‍वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीं बसे ।

शेभा शास्‍त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।

राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न? किनकि तिनी मेरा दाजु हुन् । किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न?”

यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए ।