TSK

TSK · हितोपदेश 14:6

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तपाईंका आज्ञाहरूले मलाई आफ्‍ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन् ।

बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।

बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन?

मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।

के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।

बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?

त्यस बेला येशूले भन्‍नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।

यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।

कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।

तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।