मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
TSK
TSK · हितोपदेश 17:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अय्यूब 31:29
TSK
हितोपदेश 14:21
TSK
आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्नेह देखाउने आशिषित् हुन्छ ।
हितोपदेश 16:5
TSK
अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् ।
यर्मिया 17:16
TSK
मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।
ओबदिया 1:10
TSK
तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैंको निम्ति नाश हुनेछस् ।
ओबदिया 1:12
TSK
तर आफ्नो भाइको दुर्भाग्यको दिनमा हर्षित नहो, र यहूदाका मानिसहरूको विनाशको दिनमा तिनीहरूमाथि आनन्दित नहो । तिनीहरूको विपत्तिको दिनमा घमण्ड नगर् ।
रोमी 12:15
TSK
आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।