किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
TSK
TSK · हितोपदेश 19:16
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।
अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।
समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।
टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्ने छन् ।
राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।
मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
किनकि एउटा मानिसले सारा जगत् प्राप्त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?
तर उहाँले भन्नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।”
जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”
न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्वरका आज्ञाहरू पालन गर्नु नै हो ।
अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा असल हुने थोकहरू गर्छौं ।
आफ्ना वस्त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्ने अधिकार पाउन सकून् ।