हितोपदेश 5:18
TSK
तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित भएको होस् ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित भएको होस् ।
म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
तर तिमीहरू भन्छौ, “उहाँले किन गर्नुहुन्न?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनकी पत्नीबिच साक्षी हुनुहुन्थ्यो, र त्यो तेरी जीवनसाथी र करारअनुसार तेरी पत्नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्वासहीन भयौ ।