TSK

TSK · हितोपदेश 24:29

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”

यसो नभन्, “म यस खराबीको बदला लिने छु ।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ ।

तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।

हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्‍न गर ।