तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्ने कुरामा निश्चित होओ । तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्न गर्ने कोही नहोस् ।
TSK
TSK · भजनसंग्रह 69:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हामी किन यहाँ बसिरहेका छौं? सँगसँगै आओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं, र त्यहाँ हामी मरेर चुप बनौं । किनकि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई चुप पार्नुहुनेछ । उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं ।
त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्नुहुन्छ, “हेर, मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”
त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्च्यायो, “हे परमप्रभु, मेरो कष्टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”
झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।
कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”
यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्ने जान्नुभएको हुनाले धर्मशास्त्र पुरा हुनको लागि उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो ।”