येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्नो रथमा आफूसँगै लगे ।
TSK
TSK · रोमी 10:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
ज्ञानविनाको इच्छा राम्रो हुँदैन, र हतार गर्नेले बाटो बिराउँछ ।
तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्वरको सेवा गरिरहेका छन् भनी ठान्नेछन् ।
उनीहरू चिच्च्याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”
मानिसहरूले उनलाई यतिबेलासम्म बोल्न दिए । तर त्यसपछि तिनीहरू चिच्च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, उनी बाँच्नु ठिक छैन ।”
तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् ।
तिनीहरूको विषयमा भन्ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्दैनन्, जो परमेश्वरको स्वरूप हुनुहुन्छ ।
म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए ।
त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।
र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
यो कुरामा म तिनको साक्षी भएको छु, कि उनी तिमीहरूका लागि र लाउडिकियामा भएकाहरू अनि हिरापोलिसमा भएकाहरूका खातिर कडा परिश्रम गर्छन् ।