हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्नेछ ।
TSK
TSK · रोमी 2:9
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्चात्ताप गरेका थिएनन् ।
किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् । तर तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, ‘‘परमेश्वरले गैर-यहूदीहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएको छ ।’’
तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ ।
तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।
तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
अथवा के परमेश्वर यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्वर हुनुहुन्न र? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ ।
यदि उहाँले यो हाम्रो निम्ति अर्थात् यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट बोलाउनुभएकाहरूका निम्ति यो गर्नुभएको हो भने के त?
म भन्छु, कि परमेश्वरको सत्यताको तर्फबाट ख्रीष्टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्का गर्न,
अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्का, न पुरुष छ न स्त्री, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ ।
यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्का हुँदैन, तर ख्रीष्ट नै सबै कुरा हुनुहुन्छ र सबै कुरामा हुनुहुन्छ ।
किनकि यो परमेश्वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्वरको वचन नमान्नेको अवस्था कस्तो होला?