तिनले परमप्रभुमा विश्वास गरे र उहाँले यसलाई तिनको धार्मिकताको रूपमा गन्नुभयो ।”
TSK
TSK · रोमी 4:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
व्यवस्था र गवाहीतिर लाग! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।
के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’
तब के यो आशिष् केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्वास धार्मिकताको रूपमा गनियो ।”
त्यसकारण, यो उनको निम्ति धार्मिकता गनियो ।
किनकि धर्मशास्त्रले भन्छ, “हरेक जसले उहाँमा विश्वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”
अब्राहामले “परमेश्वरलाई विश्वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।”
वा धर्मशास्त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ?