TSK

TSK · १ इतिहास 2:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तामारलाई यसो भनियो, “हेर, तिम्रा ससुरा आफ्ना भेडा कत्रन तिम्‍ना जाँदै हुनुहुन्छ ।”

त्यसपछि हातमा गाढा रातो धागो भएको त्यसको दाजु बाहिर आयो, र त्यसको नाउँ जेरह राखियो ।

यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।

फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,

बसोबास गर्नेहरूमा अम्‍मीहूदका छोरा उतै, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका सन्‍तानमध्ये एक जना थिए ।

यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्: फारेसको परिवारका अतायाह, जो उज्‍जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्‍याहका छोरा, जो महलालेलका छोरा थिए ।

यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।