धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।
TSK
TSK · १ पत्रुस 2:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।
त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ ।
“यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
उनले धर्मशास्त्र खोल्दै ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ ।”
¶ मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछु ।
त्यही शैलीमा विचार गर, जुन ख्रीष्ट येशूमा पनि थियो ।
किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्टद्वारा तिमीहरूलाई के अर्ती दियौँ ।
यो परमेश्वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो ।
हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
ख्रीष्टले पनि पापका निम्ति एक पटक दुःख भोग्नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।
परमेश्वरमा रहन्छु भन्ने व्यक्ति आफैँ पनि येशू ख्रीष्ट जिउनु भएझैँ जिउनुपर्छ ।
तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।