हे स्त्रीहरूमध्ये असाध्यै सुन्दरी, अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन्? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन्, ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ? प्रेमिका सहरका स्त्रीहरूसित बोल्दैः
TSK
TSK · १ पत्रुस 2:7
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
म हरेक जातिलाई हल्लाउनेछु, र हरेक जातिले तिनीहरूका बहुमुल्य थोकहरू मकहाँ ल्याउनेछन्, अनि म यो भवनलाई महिमाले भर्नेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।
के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’
तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “यो धर्मशास्त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो?’
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ ।
त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।
यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् ।
तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्टको खातिर मैले हानि नै सम्झेको छु ।
किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।
राहाब वेश्याले विश्वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्ट भइनन् ।
र “एउटा ठक्कर लाग्ने ढुङ्गा र एउटा ठक्कर लाग्ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।