ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर
TSK
TSK · १ पत्रुस 3:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो । त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् उपहारहरू दियो ।
त्यसैले हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली मकहाँ लेओ ।”
इच्छुक ह्रदय भएका पुरुष र स्त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।
येहू यिजरेलमा आएको कुरा ईजेबेलले सुनिन्, र तिनले आफ्ना आँखामा गाजल लगाइन्, कपाल बाटिन् र झ्यालबाट हेरिन् ।
राजाकी छोरीहरू तपाईंका आदरनिय स्त्रीहरूका माझमा हुन्छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्छिन् ।
¶ ए सियोन, जाग्, जाग्, आफ्नो शक्ति धारण गर् । ए यरूशलेम, पवित्र सहर, आफ्नो सुन्दर पोशाक लगा । किनकि खतना नगरिएका वा अशुद्धचाहिं फेरि कहिल्यै तँभित्र पस्नेछैन ।
के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्नै नसक्ने दिनदेखि भुलेको छ ।
मैले तँलाई मैदानको बोटजस्तै बढ्न लगाएँ । तँ बढिस् र ठुलो भइस्, र गहनाहरूको गहना भइस् । तँ नाङ्गो र वस्त्रहीन भए तापनि तेरा स्तनहरू कडा भए, र तेरो कपाल बक्लो भयो ।
यस संसारको ढाँचाअनुसार नचल, तर आफ्नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्न यसो गर ।
त्यसैगरी वृद्धा स्त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ । तिनीहरूले मद्य पिइरहनु हुदैन ।