TSK

TSK · २ इतिहास 14:3

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

बरु, तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू ।

तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू ।

त्यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो बुबाको एउटा साँढे, र अर्को सात वर्षको एउटा साँढे ले, र तेरो बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति ढालिदे ।

यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए ।

तिनले उच्‍च ठाउँहरू हटाए, ढुङ्गाका खम्बाहरू नष्‍ट पारे र अशेरा स्‍ताम्‍भहरू टुक्राटुक्रा पारिदिए । तिनले मोशाद्वारा निर्मित काँसाको सर्पलाई टुक्राटुक्रा पारे किनकि ती दिनमा इस्राएलका मानिसहरूले यसमा धूप बालिरहेका थिए । यसलाई, “नहूश्तान” भनिन्थ्यो ।

तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्‍डीहरूले भरे ।

तिनले परमप्रभुको वेदीको पुननिर्माण गरे र त्यसमा मेलबलि र धन्यवाद बलि चढाए । तिनले यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए ।