TSK

TSK · २ इतिहास 16:7

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

¶ बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो,

इस्राएलका परमप्रभु परमेश्‍वरमा हिजकियाको यस्‍तो विश्‍वास थियो ताकि यहूदाका सबै राजाहरूका माझमा तिनीभन्दा पछि कोही पनि तिनीजस्तो थिएन, न त तिनीभन्‍दा पहिलेका राजाहरूका माझमा नै कोही थियो ।

यसरी इस्राएलका मानिसहरूलाई त्‍यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरे ।

तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।

“बलिया र साहसिला होओ । अश्शूरका राजा र तिनीसँग भएको त्‍यो सबै ठुलो फौज को कारणले नडराओ वा हतोत्साही नहोओ, किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्‍दा महान् हुनुहुन्छ ।

¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।

परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।