परमप्रभुले भन्नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।
TSK
TSK · २ इतिहास 28:9
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । इस्राएलका मानिसहरूले आठ वर्षसम्म कूशन-रिशातैमको सेवा गरे ।
त्यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “जानुहोस्, र आफैलाई बलियो पार्नुहोस्, अनि तपाईंले जे गर्दै हुनुहुन्छ त्यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउने छन् ।”
तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले भने, “तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् ।”
¶ यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
यसकारण परमप्रभु आहाजका परमेश्वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्त गरे र तिनका मानिसमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे ।
किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्याए ।
म आफ्ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् ।
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्यसो गरेर त्यसले गलत गर्यो ।
तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैंको निम्ति नाश हुनेछस् ।
सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।