त्यसैले मेरो नाउँको निम्ति एउटा मन्दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।
TSK
TSK · २ इतिहास 6:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उसैले मेरो लागि एउटा मन्दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्ति स्थापित गर्नेछु ।
उहाँले मलाई भन्नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु ।
हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न, त्यसलाई उहाँको निम्ति अलग गर्न, उहाँको सामु सुगन्धित मसलाका धूप बाल्न, उपस्थितिको रोटी राख्न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औंसीहरूमा र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु । यो इस्राएलको निम्ति सदासर्वदाको लागि हो ।
जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
येशूले तिनलाई भन्नुभयो, “हे नारी, मलाई विश्वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।
मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्वर हुनुहुनेछ ।