TSK

TSK · २ इतिहास 6:5

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।

तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ ।

शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।

किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ ।

तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन, जसरी मैले त्‍यो शाऊलबाट थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ ।

परमप्रभुको मन्दिरमा मनश्शेले वेदीहरू बनाए, यद्यपि परमप्रभुले यस्तो आज्ञा दिनुभएको थियो, “यरूशलेममा मात्र मेरो नाउँ सदासर्वदा कायम रहनेछ ।”

यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌ ।

यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्य गरे । रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अम्‍मोनी स्‍त्री नामा थियो ।

‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्‍दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्‍टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्‍ती सुन्‍नुहुने छ र हामीलाई बचाउनुहुने छ ।'

“यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ” भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए ।

बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।

परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?”