त्यसैले राजा र तिनीसँगै सारा इस्राएलले परमप्रभुको निम्ति बलिदानहरू चढाए ।
TSK
TSK · २ इतिहास 7:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीमा गए र त्यसमा एक हजार होमबलि चढाए ।
सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए ।
समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए । यी सबै परमप्रभुको निम्ति होमबलि थिए ।
योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए । तिनले तीन हजार साँढे पनि दिए । यी सबै राजाका सम्पतिबाट दिइएका दिए ।
चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्चित गर्न पापबलि, अन्नबलि, होमबलि, र मेलबलिको प्रबन्ध गर्नेछन् ।
त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।