ओबाल, अबमाएल, शेबा,
TSK
TSK · २ इतिहास 9:1
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हन्नाहले जवाफ दिईन्, “होइन, मेरा मालिक, म दुःखी आत्मा भएको स्त्री हुँ । मैले न दाखमद्य न त कडा मद्य नै पिएकी छु, तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु ।
¶ जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन् ।
अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्तो समृद्धि, धन-सम्पत्ति, र आदर पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्दा पछिका कुनैले पनि पाउनेछैनन् ।”
म आफ्ना कान दृष्टान्तमा लगाउनेछु । म आफ्नो दृष्टान्तलाई वीणा बजाएर सुरु गर्नेछु ।
उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्वरले उनलाई दिनभरि आशिष् देऊन् ।
उहाँको सामु म आफ्नो विलाप खन्याउँछु । उहाँलाई म आफ्ना कष्टहरू भन्छु ।
ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् ।
ए सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्न आएकी थिइन् र हेर, सोलोमनभन्दा पनि महान् यहाँ हुनुहुन्छ ।