TSK

TSK · २ इतिहास 9:22

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

पूर्वका सबै मानिस र मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो । तिनी सबै मानिसभन्दा बुद्धिमानी थिए ।

सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए । सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे ।

अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।”

दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्‍न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन् ।