बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् ।
TSK
TSK · २ यूहन्ना 1:8
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
किनकि झुटा ख्रीष्टहरू र झुटा अगमवक्ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् ।
आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।
ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’
जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ ।
यदि त्यो साँच्चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्यौ त?
यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।
तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्यौ, ती अघिका दिनहरूको सम्झना गर ।
होसियार रहो, ताकि परमेश्वरको अनुग्रहबाट कोही पनि वञ्चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।