परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्ने हरेकको कान झस्किनेछ ।
TSK
TSK · २ राजाहरू 21:12
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्तको करार उलङ्घन गरेका छन् ।
यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्ने हरेकको कान झनझनाउने छ ।
“पृथ्वीमा भएका सबै परिवारहरूबाट, मैले केवल तिमीहरूलाई छानेको छु । त्यसकारण तिमीहरूका सबै पापहरूका निम्ति, म तिमीहरूलाई दण्ड दिनेछु ।”
किनकि त्यस बेला महासङ्कष्ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ ।
तब पृथ्वीका राजाहरू र महत्त्वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्तिशाली, अनि दास र स्वतन्त्र हरेक व्यक्ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।