TSK

TSK · २ पत्रुस 2:16

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र?” बालामले जवाफ दिए, “थिएन ।”

सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।

त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र?

पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”