तिमीले यसो गर्यौ र परमेश्वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्नेछौ र पुरै समुदाय सन्तुष्ट भएर आ-आफ्ना घर जान सक्नेछन् ।”
TSK
TSK · २ पत्रुस 3:9
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो । तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे ।
तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ ।
म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु । त्यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्दरता म दिनेछु ।
के परमेश्वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्न र? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्न र?
परमेश्वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहिरहने इच्छा गरिरहनुभएको छ भने के त?
उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ ।
नोआको समयमा जहाज बनाइँदा परमेश्वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो ।
मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्चात्ताप गर्ने इच्छा गरिन ।