हारूनका छोरा एलाजार पनि मरे । तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे, जुन तिनलाई दिइएको थियो । यो एफ्राइमको पहाडी देशमा थियो ।
TSK
TSK · २ शमूएल 20:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।
तिनले उनीहरूलाई भने, “मीकाले मेरो निम्ति यसो गरेका छन्: तिनको पुजारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन् ।”
दाऊदले अबीशैलाई भने, “तिनलाई नाश नगर । किनकि परमप्रभुको अभिषिक्त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ?”
¶ त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्या उत्पन्न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ ।”
गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।”
दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ ।