हे मेरो छोरो, पक्का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।
TSK
TSK · २ तिमोथी 1:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
निर्देशनलाई समातेर राख्; यसलाई जान नदे । यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो ।
सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् ।
तर परमेश्वरलाई धन्यवाद होस्! तिमीहरू पापका नोकरहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्यौ ।
जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्त गर्यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर । र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ ।
सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।
तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्ट येशूमा भएको विश्वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।
जुन-जुन असल कुराहरू परमेश्वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।
तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
¶ तर तिमीले उचित सिद्धान्तसँग मिल्ने कुरो मात्र भन्नू ।
तर परमेश्वरको घरानाको जिम्मा पुत्र ख्रीष्टले लिनुभएको छ । यदि हामी निश्चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्न सक्छौँ, कि हामी उहाँका घराना हौँ ।
हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ ।
जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख ।
म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।