तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”
TSK
TSK · प्रेरित 1:24
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
ए मेरा छोरा सोलोमन, आफ्ना बुबाका परमेश्वरको आज्ञा पालन गर, र आफ्ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्नुहुन्छ र हरेक व्यक्तिको विचारहरूका हरेक उदेश्य बुझ्नुहुन्छ । तिमीले उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्याग्यौ भने, उहाँले तिमीलाई सधैंको निम्ति इन्कार गर्नुहुनेछ ।
दुष्टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।
तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।
तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्नुहुन्छ । मैले आफ्नो मामला तपाईंमा सुम्पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।
तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्नुहुन्थ्यो,
विश्वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।
जब तिनीहरूले विश्वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्नुहुन्छ, किनकि उहाँले परमेश्वरको इच्छाअनुसार विश्वासीहरूको तर्फबाट अन्तरबिन्ती गर्नुहुन्छ ।
म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।